बैरिया क्षेत्रमा पहिलो बैंक ,नबिल बैंकको शाखा उद्घाटन

कपिलवस्तु । बैंक तथा बित्तीय संस्थाहरुको शाखा बिस्तार का क्रममा हाल सम्म कुनै बैंक ले नपत्ताएको बैरिया क्षेत्र का उद्योगि,ब्यबसाइ तथा आम सर्वसाधारण नागरिकको सेवा का लागि नेपाल राष्ट्र बैंक बाट क बर्गमा सुचिकृत नबिल बैंक ले बैरिया मा सेवा शुभारम्भ गरेको छ।

गत पौष देखि नै सेवा प्रवाह गरेपनी आजदेखी औपचारिक सेवा बिस्तार गरेको छ।बिहान ९:३० बजेदेखि शुरु भएको कार्यक्रम को प्रमुख अतिथी बाणगङ्गा नगर प्रमुख चक्र अर्याल,बिशिस्ट अतिथी प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल,कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे ,उमनाथ पौडेल ,वडा नम्बर १ का अध्यक्ष सन्जु कुमार सारु, सचुडामणि घिमिरे लगायत स्थानीय स्तरका धेरै उद्योगि ब्यबासाइ तथा आम नागरिकको उपस्थिति मा साखा उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रम को अध्यक्षता नबिल बैंक बैरिया शाखा का प्रमुख नारायण क्षेत्री ले गर्नु भएको थियो।कार्यक्रम मा बैंक तथा सेवाग्राही का आशा र सम्बन्ध का बिषय मा आआफ्ना धारणा सहित शुभकामना मन्तव्य दिने ब्यबासाइ बुद्दी सागर बेल्बासे,नवदत्त घिमिरे ,वडा अध्यक्ष सन्जु कुमार सारु,उद्योग बाणिज्य संघका उमनाथ पौडेल ,डोलकराम घिमिरे लगायत सबैले सबै बैंक तथा बित्तिय संस्था संगै क बर्गको बैंक तर यश क्षेत्र मा उदाएको कान्छो साखा भएकाले सबैले बैंक को सेवा लिन र बैंक ले अरुको भन्दा भिन्न सेवा प्रवाह का बिसयमा जानकारी गराउन आग्रह गर्नुभएको थियो।

नबिल बैंक को आजै देसभर ३८ शाखा को उदघाटन संगै २५०औ शाखा पुगेको बैरिया शाखा प्रमुख नारायण क्षेत्री ले जनाउनु भएको छ।उक्त उद्घाटन समारोह कार्यक्रम को संचालन नबिल बैंक बैरिया शाखा कै कर्मचारी अनिश बन्जाडे ले गर्नुभएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation