
प्युठान । प्युठानको माण्डवी गाउँपालिकामा एक हप्ते व्यवसायिक टमाटर सस उत्पादन सम्बन्धि सीप विकास तालिम सम्पन्न भएको छ।नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सशर्त अनुदानमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा परियोजना अन्तर्गत वडा नं.-२ मर्कावाङ्गमा उक्त तालिम सम्पन्न भएको हो।
कार्यक्रममा वडा अध्यक्ष प्रकाश वलीको अध्यक्षता,गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो।यस्तै कार्यमा होटल व्यवसायी संघ माण्डवी गाउँपालिकाका अध्यक्ष तुफसीराम केसी ,सहित समाजसेवी तथा बौद्धिक सर्कल लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष अधिकारीले माण्डवीका महिला उद्यमशीलतामा पहिला भन्ने अभियानलाइ सफल पार्न गाउँपालिका केन्द्रित रहेको बताउँदै उद्यमशीलतामा जोडिने महिला उद्यमीहरुलाई स्थानीय सरकारले तालिम ,प्रविधि ,वजारीकरण सहित अन्य आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।
यस्तै उपाध्यक्ष कालाथोकीले उत्पादन साथमा अनुदान हातमा भन्ने अभियान अन्तर्गत उत्पादनमा जोडिने उद्यमीहरुलाई स्थानीय सरकार जस्तोसुकै सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो।कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष वलीले उद्यमीहरुको हरेक गतिविधिलाई वडा सरकारले मुल्यांकन गरिरहने र उद्यमीका प्रत्यक्ष माग,आवश्यकता तथा समस्या समाधान प्रयत्नशील रहने बताउनुभयो।कार्यक्रममा धारणा राख्नुहुने सवै बक्ताहरुले तालिमको प्रभावकारी कार्यान्वयन सँगै वजारीकरणमा जोड दिनु भएको थियो।
१३ जना सहभागी रहेको तालिम गत जेठ १२ गते देखि सुरु भएको थियो।तालिममा प्रशिक्षक नारायण पोख्रेलले प्रशिक्षण दिनु भएको थियो।सहभागी गंगा मगरको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन लघु उद्यम विकास सहजकर्ता टोपराम केसीले गर्नु भएको थियो।