दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता कर्मचारीको पहिचान खुल्यो

काठमाडौं । सुनकोशीमा बेपत्ता व्यक्तिहरूको पहिचान खुलेको छ। बा.ब ७४६७ नम्बरको स्कारपियो शुक्रबार बिहान करिब ११:३० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका -७ स्थित लौकुनाबाट करिब १ सय ५० मिटर तल सुनकोशीमा खसेको थियो।

दाङ राप्ती गाउँपालिका -६ का कृष्ण चौधरीले उक्त गाडीका चालक रहेको र उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका-९ का प्रशासन शाखाको निर्देशक सह-सचिव कृष्णबहादुर के।सी, पुर्वीनवलपरासी प्रगति नगरपालिका-७ का योजना महाशाखाको निर्देशक यम प्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका-५ का विद्युत प्रशिक्षक भानु पौडेल रहेको विद्युत प्रशिक्षक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation