पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो। अत्यधीक लोड भएकाले जीप अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको हो।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको रैनादेवी छहरा -८ का वडाअध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको छ। घाइतेहरूलाई बुटवल तर्फ पठाएको पनि वडाध्यक्ष रानाले बताए।

मृतकहरूको शव पनि पोष्टमर्टमको लागि बुटवल पठाएको छ। मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation