
कपिलवस्तु । सीमानाका कृष्णनगरस्थित यात्रुगेटबाट ४ लाख १७ हजार भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति ९ बजेतिर भारतको बढनीबाट नेपालतिर आउँदै गरेका राप्ती गाउँपालिका ३, दाङ बस्ने २२ वर्षीय राजकुमार पुनमगरले बोकेको हरियो रंगको झोला जाँच गर्दा उक्त रकम बरामद गरिएको हो ।
भारतीय पाँच सय दर ७९४ थान नोट र भारतीय दुई सय दरका एक सय थान स्रोत नखुलेको रकम बरामद गरिएको हो । ईलाका प्रहरी कार्यालय कृष्णनगरले मगरलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।