पन्ध्र दिने उदघोषण तथा भाषण कला तालिम सम्पन्न

काठमाडाैं । पन्ध्र दिने उदघोषण तथा भाषण कला तालिम सम्पन्न परम्परागत आरोग्य नेपालको आयोजनामा पन्ध दिने उदघोषण तथा भाषण कला तालिम आइतबार सम्पन्न भएको छ । तालिम प्रमुख प्रशिक्षक मनिष मानव रहेको उक्त तालिममा ४० जनाको सहभागीता रहेको थियो । तालिममा महिलाहरुको सहभागीता बढी रहेको थियो ।

परम्परागत आरोग्य नेपालका सचिव समेत रहेका मनिष मानव श्रेष्ठ मानवले “सम्पुर्ण नेपालीहरुलाई परम्परागत उपचार पद्वति, मर-मसलाको ज्ञान् दिने देखि लिएर व्यरोजगार युवाहरुलाई रोजगार दिने हिसाबले यस्ता तालिमहरु भबिस्यमा पनि सञ्चालन हुने बताउनु भयो तालिम निकै उत्साहजनक रूपमा सम्पन्न भएकोले अझै यस्ता कार्यक्रमहरु लामो समयको लागि सञ्चालन गरिने मनिष मानव श्रेष्ठले थप्न भयो ।

तालिममा अथिति वक्ताको रूपमा सञ्चारकर्मी के.के मानन्धर तथा हास्यकलाकार तथा निर्देशक सुरेन्द्र मानन्धरलाई पनि आमन्त्रित गरिएको थियो तालिमको अन्तिम दिन प्रमुख प्रशिक्षक मनिष मानव श्रेष्ठ तथा परम्परागत आरोग्य नेपालका अध्यक्ष सन्जय रत्न शाक्यलाई प्रशिक्षार्थीहरुको तर्फबाट सम्मान गरिएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation