
दाङ । प्युठानकाे भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री बाेकेकाे लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेकाे हाे ।
जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना रहेका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो । जीप सडकबाट खसेकाे उहाँले बताउनु भयाे । उहाँका अनुसार घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकाे छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे काेइरालाले बताउनु भयाे ।












