
कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ६ धर्मनगर स्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रा.लि.ले उत्पादन गरको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ । बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादित बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्ट भारत तर्फ निर्यात थालिएको हो ।
पहिलो चरणमा भारतको उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात सुरु गरेको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए ।
कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख अजय थापाले रिबन काटेर निकासी कार्यक्रमको सुभारम्भ गर्दै कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाबाट निर्यातको सुरुवात हुनु गर्वको विषय रहेको बताए ।