स्ववियु सिद्धार्थ क्याम्पस बुङ्चीद्वारा “म सफा गर्छु मेरो क्याम्पस” अभियानको सुरुवात

कपिलवस्तु । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सिद्धार्थ क्याम्पस बुङ्चीले “म सफा गर्छु मेरो क्याम्पस” अभियानको सुरुवात गरेको छ । क्याम्पसमा शिक्षाको गुणस्तर बढाउनको लागि क्याम्पसको सरसफाई पनि अनिवार्य रहेकोले यो अभियानको सुरुवात गरिएको स्ववियुले जनाएको छ ।

क्याम्पसको चौतर्फी विकासको लागि स्ववियुले विभिन्न अभियानको सुरुवात गर्ने क्रममा पहिलो अभियानको रुपमा “म सफा गर्छु मेरो क्याम्पस” भन्ने नारा दिएर क्याम्पसको सरसफाईमा जुटेको सभापति निलकमल थारुले बताउनु भएको छ । विद्यार्थीका हरेक समस्यालाई नजिक बाट नियालेर समाधानका उपाय खोजिरहेको स्ववियुले शिक्षाको गुणस्तर र विद्यार्थीका समस्यामा क्याम्पस प्रशासनलाई पनि झकझकाई रहने बताउनु भएको छ ।

त्यस्तै सचिव पशुपति गिरीले यो कार्यक्रम एउटा सुरूवात रहेको र यस्ता रचनात्मक कार्यहरुलाई अझ व्यवस्थित ढंगबाट अगाडि बढाउने बताउनु भएको छ । आफुले अध्ययन गर्ने क्याम्पस सरसफाई गर्ने जिम्मा विद्यार्थीहरुको पनि हुने भएकाले यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ ।

स्ववियु अध्यक्ष निलकमल थारू, उपाध्यक्ष अस्मिता भुसाल, सचिव पशुपति गिरी, सह सचिव अम्रिता खनाल, सदस्यहरु प्रदिप भट्टराई, तिलक कंडेल, रोशन क्षेत्री लगायत करिब ५० विद्यार्थीहरुको उपस्थितमा क्याम्पसको सरसफाई गरिएको थियो ।

 

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation