परम्परागत पेसा जोगाउन तिराममा आरन सामाग्री वितरण

प्युठान। दलितहरुले परम्परा देखि गर्दै आयकाे आरन पेसालाई प्राेत्साहन गर्न माण्डवी गाउँपालिका- १ तिरामले साे पेसा गर्दै आईरहेका दलितहरुलाई आरन सामग्री बितरण गरेको छ।आज एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको वडा अध्यक्ष बाम बहादुर बुढाले बताउनु भयो।

गत आर्थिक वर्ष वडाको पुँजीगत तर्फ विनियोजित बजेट रकम रु.५० हजार मार्फत आवश्यक सामाग्रीहरु खरिद गरि बितरण गरिएको वडा अध्यक्ष बुढाको भनाइ छ।परम्परागत पेसालाई बचाउने उद्देश्यले गरिएको कार्यक्रमबाट विगत लामो समय देखि सो पेसालाई अङ्गालदै आउनु भएका ५ जना दलितहरु आवश्यक सामाग्री सहित सम्मानित हुनु भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation