वाणगंगाका विद्यालयमा ४ दिन विदा थप, अब ७ गते खुल्ने

कपिलवस्तु । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप दुई दिन विदा हुने भएको छ । यसअघि थप गरिएकोमा फेरि ४ दिन थप गरिएको शुक्रबार नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाको अनुसार अब असार ७ गते मात्र विद्यालय खुल्ने छन् ।

नेपालमा मनसुन भित्रिए पनि अझै मध्य र पश्चिम नेपालसम्म पुग्न सकेको छैन । जसले गर्दा ४३ डिग्री सेल्सियसम्मको उखरमौलो गर्मी कायम छ । रुपन्देहीमा मात्र गर्मीको कारण २ जनाको जयान गएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation