
पाल्पा । तिनाउ खोलामा डुबेर १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार अपराह्न परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
मृतक परियार तिलोत्तमा नगरपालिका–३, ड्राइभर टोलमा भाडामा बस्ने गुल्मी सत्यवती गाउँपालिका–७, का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेका उनलाई अचेत अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोली खटाइएको छ ।