काठमाण्डौ महानगरमा भोलिदेखि भारतीय चलचित्रकाे प्रदर्शन राेक्ने बालेन्द्र शााहको घोषणा

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि साेमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गर्नुभएको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा आज आइतवारसम्म पनि नहटाएकोले भोलिदेखि काठमाण्डौ महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताउनुभएको छ ।

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु हरेक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपालीको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नरहेको शाहको भनाइ छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation