पिपरा प्रहरीको थुनामा रहेका सिद्धिपुरका सेनको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित इलाका प्रहरी कार्यालय पिपरामा एक लागुअौषध मुद्दामा पक्राउ परेका युवकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय पिपराले थुनामा राखेका ती व्यक्तिलाई बिरामी भएको अवस्थामा पनि उपचार गर्न जान नदिए पछि मृत्यु भएको आफन्तले बताएका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.४ सिद्धिपुर निवासी ४५ बर्षिय दान बहादुर सेनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गयराती (शनिबार ) १ बजेर ५८ मिनेटमा मृत्यु भएको हाे । असार १ गते पक्राउ पुर्जी जारी भएका सेन असार ४ गते घरबाटै लागु औषध सहित रंगेहात पक्राउ परेका थिए ।

तर बिरामी भएकोमा सेनलाई पहिले देखिनै आफन्तले उपचारको माग गर्दा समेत प्रहरीबाट सुनुवाइ नभएकोले उनको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । आफन्तहरुले हामीले भगाउदैनौ उपचारका लागि अस्पताल लैजान दिनुस् भनेर अनुरोध गर्दा प्रहरीले उपचार गर्न दिएन, अवस्था गम्भिर भए पछि गयराती कपिलवस्तु सामुदायिक अस्पतालमा लगियो, त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गयो, आफन्त भन्छन् ।

यस बिषयमा बुझ्दा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक कोशिस बाबु जोशीले त्यस्तो उपचार गर्नै पर्ने खालको अवस्था नभएकाले उपचार नगराएको बताएका छन् । उनले थुनामा रहेका व्यक्तिको उपचार गर्न आफुले कहिल्लै नरोक्ने प्रतिक्रिया दिएका छन् । लागु औषध मुद्धामा ४ गते सेन पक्राउ परेका थिए । उनि आफै पनि लागसआौषध सेवन गर्ने र कारोवारी समेत भएको प्रहरीले बताएको छ ।

तर सकुशल पक्राउ परेका सेनको मृत्यु हुनु र आफन्तले आरोप लगाउनु रहस्यमय बिषय छ । उनका आफन्तले घटनाकाे सही छानबिन नभएसम्म शव नबुझ्ने समेत अडान लिएका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation