बाणगंगा १ मा सुत्केरी महिलाहरुलाई पोषण तथा क्यालसियम वितरण

 कपिलवस्तु । बाणगंगा नगरपालिका वडा न १ को आयोजना तथा उतम्मनगर आधारभुत स्वास्थ्य केन्द्रको सहकार्यमा गर्भवति महिलाहरुको लागि पोषण सहयोग तथा क्यालसियम वितरण कार्यक्रम सम्पन्न भएको छ।

बाणगंगा नगरपालिका वडा नम्बर १ का कार्यबाहक अध्यक्ष राजकुमार थारुको अध्यक्षता, बाण्गंगा नगरप्रमुख रिता कुमारि चौधरिको प्रमुख आथित्यता, वडा सद्स्य टोपकला बिसि, सिता सुनार र समाज सेवि रेनुकला नेपालिको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

करिब ६२ जना गर्भवती तथा सुत्केरि महिहरुलाई १ के जि घिउ, १ केजि मह, १ क्यारेट अन्डा तथा क्यालसियम बितरण गरिएको हो । वडा नम्बर १ महिला सचिब बिना खनालको सन्चालनमा सम्म्पन्न भएको उक्त कार्यक्रममा नगर उपप्रमुख रिता कुमारि चौधरीले यस्तो सहयोगले गर्भवती महिलाहरु र बच्चाको लागि महत्वपुर्ण सहयोग गर्ने बताउनु भएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation