
पाल्पा । पाल्पाको रामपुर नगरपालिका–३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ मंगलबार बिहान मृत फेला परेका छन् । आफ्नै घरनजिकै कच्ची सडकको नालीमा मृत अवस्थामा भेटिएको प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार मृत फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय रामपुर रप्रहरी चौकी केलादीबाट अनुसन्धानको टोली खटाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।