अर्घाखाँचीको मालारानीमा रुख बाट लड्दा एक महिलाको मृत्यु

सन्धिखर्क। जिल्लाको मालारानी  गाउँपालिका वडा नम्बर ५ बाँगी भड़ारमा  रुख बाट लड्दा एक महिलाको मृ’त्यु भएको छ।

भड़ार भतेरलाऊनी निवासी अन्दाजी ६० बर्षिया शान्ति कुँवरको असार १२ गते बिहान घर नजिकै रहेको बिंडुलाको रुखमा चढेर घाँस काट्ने क्रममा बिंडुलाको रुख नै फेंद बाट ढल्न पुगेपछि निजको घटनास्थलमै मृ’त्यु भएको स्थानीयहरुको भनाई रहेको छ।

असार साउन महिनामा अत्यधिक बर्षा हुने र जमिन गिलो र खुकुलो हुने गर्दा रुख मा चढेर घाँस काट्दा हामीहरुले अत्यन्तै ध्यानपूर्वक घाँस काट्नु पर्ने हुन्छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation