
बुटवल । नागरिकता ऐन कार्यान्वयन आएपछि लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा नागरिकता लिनेहरूको सङ्ख्या दैनिक रूपमा वृद्धि हुँदै गएको छ । ऐन कार्यान्वयनको आएको सुरुको दिनदेखि बुधवारसम्म जन्मसिद्ध अधिकारको नाताले नागरिकता लिन आउनेहरूको सङ्ख्या वृद्धि भएको पाएको छ ।
लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्ला नागरिकता लिनेहरू लाइन दैनिक रूपमा वृद्धि भएको छ ।
लामो समयदेखि नेपालमा बसोबास गरेको परिवारका सदस्यहरूले अहिले नागरिकता लिनको लागि स्थानीय तहको सिफारिसमा आधारमा प्रशासन कार्यालयमा आउने गरेका छन् । उनीहरूका बुवा आमाले यसअघि नै नेपाली नागरिकता पाएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नयाँ प्रावधानमा नागरिकता लिनेहरूको दैनिक रूपमा वृद्धि हुँदै गएको बताए ।
रुपन्देहीमा ४ सय १५ जनाले नागरिकता लिएका छन् । रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय,इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगवावाट नागरिकता वितरण हुने गरेको छ ।
रुपन्देहीमा नयाँ प्रावधान अनुसार २५ हजारले नागरिकता लिने आङ्कलन जिल्ला प्रशासन कार्यालयको रहेको छ ।उनीहरूलाई करिब ३ महिना भित्र नागरिकता वितरण गरेर सक्ने योजनामा प्रशासन कार्यालय रहेको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय तहबाट आलोपालो आधारमा आउने सिफारिस अनुसार सहज रूपमा नागरिकता प्रदान गर्ने व्यवस्था तिनै ठाउँबाट मिलाइएको बताए । जिल्ला प्रशासन कार्यालय दैनिक २ सयदेखि २५० जना सम्मलाई नागरिकता वितरण गर्न सक्ने क्षमता रहेको छ । त्यही अनुसार लाइनको व्यवस्था मिलाएको छ ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका वार्ड७ का जाकिन खाँले २४ वर्षको उमेरमा नागरिकता सहज रूपमा पाएको खुसी लागेको बताए । उनले बुवा आमा केही वर्ष अगाडि नागरिकता पाए पनि आफूले बल्ल नागरिकता पाएसँगै आफ्नो लागि बल्ल नेपालमा अवसर खुलेको बताए ।
सुरुको दिनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा नयाँ ऐनका आधारमा नागरिकता लिने सङ्ख्या शून्य रहे पनि पछिल्ला दिनमा वृद्धि हुँदै गएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले बताए ।
कपिलबस्तुमा जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालय चन्द्रैटा र इलाका प्रशासन कार्यालय वाढगंगाबाट वितरण हुने गरेको छ ।
कपिलवस्तुमा आजसम्म १ सय ५ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयमा भिडभाड कम गर्नको लागि टोकन वितरणको योजना बनाएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताए । उनले भर्ने अहिले सम्म ठुलो भिड छैन । सामान्य दैनिक २०,२२ जना सरदरमा देखिन्छ।,भिड भएका हामी व्यवस्थापन गर्ने छौ । कपिलवस्तुमा जिल्ला जन्मसिद्ध आधारमा ४ हजार ९ सय ८० जना लिएका थिए । अहिले १५ हजारले लिने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ ।
नवलपरासी जिल्लामा पनि नयाँ प्रावधान अनुसारको नागरिकता लिने संस्था वृद्धि हुँदै आएको छ । नवलपरासी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय गरी हाल सम्म २९४ जनाले नागरिकता लिएका छन् ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालयमा दैनिक वृद्धि हुन थालेपछि अनलाइन सिस्टमबाट दैनिक ८० जनालाई नयाँ प्रावधानको अनुसारको नागरिकता वितरण गर्ने योजना रहेको बताए । यहाँ करिब २० हजार नागरिकता २ महिना भित्र वितरण गर्ने लक्ष्य राखिएको छ ।
बिदा पनि नागरिकता वितरणको कार्य जारी
आज मुसलमान समुदायको पर्व इदको अवसरमा सरकारले बिदा दिए पनि यहाँका प्रशासन कार्यालयहरूले नागरिकता वितरणलाई जारी राख्ने जनाएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सबै ठाउँबाट नागरिकता वितरण कार्य जारी रहने रातोपाटीलाई बताए । उनले बिस्तारै नागरिकता लिनेहरूको सङ्ख्या वृद्धि भएकोले उनीहरूलाई बिदा पनि सेवा दिने उद्देश्य वितरण कार्य जारी राख्ने बताए । कपिलवस्तु,नवलपरासीमा पनि नागरिकता वितरणको कार्य जारी रहने जनाएको छ ।
-रातोपाटी