कपिलवस्तु सहित देशैभर धान दिवस भव्यताका साथ मनाइयो

कपिलवस्तु । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कपिलवस्तु सहित देशभर भव्यताका साथ मनाइएको छ । ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मुल नाराका साथ आज जिल्लाको बाणगंगा, बुद्धभुमि, विजयनगर लगायत विभिन्न ठाउँमा हिलोमा धान रोपेर एकअर्कामा शुभकामना साटासाट गरि धान दिवस मनाइएको हो ।

बाणगंगा नगरपालिका वडा नम्बर ३ चङ्खीपुरमा भएको रोपाई महोत्वसमा बोल्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले धान दिवसको अवसरमा मात्र कृषिका कुरा गरेर कृषिको प्रवद्र्धन हुन नसक्ने बताउनु भएको छ । नेपाल कृषि प्रधान देश भएपनि कृषिलाई आधुनिकीकरण गर्न नसक्दा हामि पछि परिरहेको उहाले बताउनु भएको छ । विगतमा नेपालले विभिन्न राष्ट्रमा चामल लगायत कृषि सामाग्री निर्याता गरेको स्मरण गर्दै अहिले भने बिदेश बाट आयात गर्नु दुःखद भएको बताउनु भएको छ । राज्यले उचित कदम चाल्न नसक्दा खेतीयोग्य जमिन कङ्कृटमा परिणत हुँदै गएको स्विकार गर्दै अब तत्काल राज्य त्यसप्रति सचेत हुननसके देश ठुलो समस्यामा पर्ने बताउनु भएको थियो । सांसद अधिकारीले कपिलवस्तु लगायत लुम्बिनी क्षेत्रमा खेती हुने कालानमक, साखा लगायत जातका धानहरु लोप हुँदै गैरहेको भन्दै त्यसमा स्थानिय सरकार गम्भिर बन्नुपर्ने बताउनु भएको छ । बाणगंगा र सिङ्गो कपिलवस्तुमा सिचाइँको व्यवस्थापन गरि कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न बाणगंगा नदिमा रहेको पानीलाई विभिन्न माध्यम बाट सदुपयोग गर्न सकिने उहाँले बताउनुभएको छ । सांसद अधिकारीले अहिलेको सरकारले राषायनिक मल प्रशस्त छ भनेपनि कृषकहरुले भने नपाएको बताउनु भएको छ । आफुहरु कृषक, कृषि सामाग्री केन्द्र, सहकारी लगायत कृषि सम्बन्धी विभिन्न कार्यालयमा जाँदा अहिले देशमा जम्माजम्मी मौजदात रहेको मलले १ तिहाई किसानहरुको लागि पनि नपुग्ने भन्दै कृषकहरुले गुनासो गरेको बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले अब कृषिको क्षेत्रमा लागत घटाई उत्पादन बढाउनको लागि कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनु भएको छ । परम्परागत ढङ्गले खेती गर्दा लागत अत्याधिक लाग्ने तर उत्पादन भने निक्कै न्युन हुनेभएकाले कृषिलाई यान्त्रिकीकरण गर्नुपर्ने बताउनु भएको छ । विगतका वर्षहरुमा पनि बाणगंगाका किसानहरुको लागि नगरले कृषि सामाग्री वितरण देखि कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै त्यसलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले आजको यो धान दिवस तथा रोपाइँ कार्यक्रमले नेपाली जनतामा कृषि प्रतिक माया र कृषि कर्म बढ्ने विश्वास व्याक्त गर्नुभएको थियो । आगामि आर्थिक वर्षको लागि नेपाल सरकार र बाणगङ्गा नगरपालिकाले पनि कृषि क्षेत्रको लागि आवस्यक बजेट छुट्याएको भन्दै हामि सम्पुर्ण नेपालीहरु कृषि क्षेत्रको प्रर्वद्धनमा लाग्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर केसीले हरेक नेपालीको सामाजिक आर्थिक तथा सांस्कृतिक जिवन सँग गाँसिएको धान नेपालीको पहिलो खाद्यान्न बालीको रुपमा रहेको बताउनु भएको छ । जन्मदेखि मृत्यु सम्मका कर्ममा तथा वर्षभरी मनाइने विभिन्न चाडपर्वहरुमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकोले हामिले धानखेतीलाई प्रर्वद्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बाणगंगाको चङ्खीपुरमा बाणगंगा नगरपालिका कृषि विकास शाखाको आयोजना तथा गौरीशंकर आई. पि. एम. कृषिक समुहको प्राविधिक सहयोगमा आयोजित २० औं राष्ट्रिय धान दिवस कार्यक्रममा प्रतिनिधि सभा सदस्य बलराम अधिकारी, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, उपमेयर रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुुसाल, वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी, कृषि शाखा प्रमुख लेश बहादुर केसी, कार्यपालिका सदस्य कृष्ण बहादुर सुनार, गौरीशंकर आई. पि. एम. कृषिक समुहका पदाधिकारी, सुरक्षाकर्मी, स्थानिय लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।

स्थानीय जनप्रतिनिधिदेखि प्रतिनिधि सभा सदस्य नै रोपाईमा सहभागी भएपछि सिमसिमे पानीको प्रवाह नगरी कार्यक्रममा सहभागि हुने स्थानियको सङ्ख्या पनि उल्लेखनीय रहेको थियो ।

आज धान दिवस सङ्गै दही चिउरा खाने दिन पनि भएकाले उपस्थित सम्पुर्णले धान रोपिसकेपछि दही चिउरा सगँै थारु जातीमा लोकप्रिय खान ढिकरी खाएर धान दिवसलाई भव्यताका साथ मनाइएको छ ।

No description available.

No description available.

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation