
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ३ मा सार्वजनिक सुनुवाई कर्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ३ को आयोजना तथा रेडियो हर्ट विट ९१ दशमलव ३ को प्राविधिक सहयोगमा शुक्रवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगरले चालु आर्थिक वर्ष २०७९/८० को वािर्षक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । प्रगति प्रतिवेदन पेश गर्दै उहाँले वडालाई समृद्धि तर्फ लैजानको लागि जनप्रतिनिधिले मात्र काम गरेर नहुने बताउनु भएको छ । वडामा भएका हरेक कममा स्थानिय जनताले चासो दिन सकेमात्र विकास निर्माणका कामले गति लिन सक्ने बताउनुभएको छ । आफुहरुले सबै क्षेत्रमा ध्यान दिन नभ्याउने भएकाले जनताले त्यस प्रति झकझकाउनु पर्ने बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य कृष्ण कुमार सुनारले आफ्नो क्षेत्रको दिगो विकासको लागि सोहि ठाउँका जनता विशेष चनाखो हुनुपर्ने बताउनु भएको थियो ।
वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगरको अध्यक्षता, कार्यपालिका सदस्य कृष्ण कुमार सुनारको प्रमुख आतिथ्यता, वडा सदस्यहरु गंगा देवि सुनार, चन्द्रवाती थारु, सोमनाथ राना, वडा सचिव धनिराम चौधरी लगायतको आतिथ्यतामा भएको कार्यक्रम वडा सदस्य गंगा देवि सुनारको स्वागत तथा संचारकर्मी चेतन विष्टको सञ्चालन सम्पन्न भएको थियो ।