
कपिलवस्तु । सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी समुहको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार साँझ वर्ष २०२२/२३ की अध्यक्ष सिता न्यौपाने कडेलको नेतृत्वमा रहेको समितिले लायन्स वर्ष २०२३/२४ लाई पद हस्तान्तरण गरेको हो ।
वर्ष २०२२/२३ की अध्यक्ष सिता न्यौपाने कडेल, उपाध्यक्ष रितु खनाल, सचिव भगवती रेग्मी भुसाल लगायको पदाधीकारीले वर्ष २०२३/२४ का पदाधीकारी अध्यक्ष रितु खनाल, उपाध्यक्ष भगवती रेग्मी भुसाल, सचिव सरस्वती सोमै, कोषाध्यक्ष मिना न्यौपाने लगायतको पदाधिकारलाई पद हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै डिस्ट्रीक डिप्युटी कृष्ण केसीले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिदै अबका दिनमा लायन्स क्लब अफ कपिलवस्तु र दिदिबहिनीको समुहले सहकार्य गर्नुपर्ने बताउनु भएको थियो । हाम्रो घरको परिवार सङ्गै लायन्स अझै ठुलो र विशेष परिवार भएकाले यसमा जोडिनुभएका सबैले समाजको लागि सकारात्मक कार्य गर्नुपर्ने बताउनु भएको थियो ।
लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनीकी संस्थापक अध्यक्ष लक्ष्मि गैरेले हाम्रो समाजमा महिलाहरुलाइ पछि पार्न खोज्ने प्रवृत्तिलाइ अब हामिहरुले रोक्नुपर्ने बताउनु भएको छ । स्रोत साधनको व्यापक अभाव हुदाहुदै पनि आफुहरुले यस क्लबको माध्यम बाट समाजको लागि विभिन्न सकारात्मक कार्य गर्न सफल भएको बताउनु भएको थियो ।
लायन्स क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा रेडियो हर्ट विटका संचालक समिती अध्यक्ष धातानन्द भुसालले लायन्स क्लब अफ कपिलवस्तु र लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी को समुहले व्याक्तित्व विकास र समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ कपिलवस्तु २०२३र२४ का अध्यक्ष ओम प्रकाश घिमिरे कपिलवस्तुमा विभिन्न उद्देश्यले विभिन्न क्लबहरु गठन भएपनि समाजको सच्चा पहरेदा बनेर काम गर्ने क्लब लायन्स क्लब नै रहेको बताउनु भएको थियो ।
कार्यक्रममा वर्ष २०२३र२४ की कोषाध्यक्ष मिना न्यौपानेको जन्मदिनको अवसरमा केक समेत काटेर रमाइलो गरिएको उक्त कार्यक्रम २०२३ २४ की सचिव सरस्वती सोमैको सञ्चालनमा सम्पन्न भएको थियो ।