रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

रुपन्देही ।  रुपन्देहीमा ११ वर्षीया बालिकामाथि बलात्कार भएको छ । घरमा चकलेट खाने भनेर बोलाएका ६० वर्षीय एक पुरुषले बालिकामाथि बलात्कार गरेका हुन् ।

बलात्कारको अभियोगमा शुद्धोधन गाउँपालिका-५ मानपकडीका शिव भारती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेको समयमा बालिकामाथि बलात्कार भएको हो ।

बालिकाका अभिभावक खेतमा धान रोप्न गएका बेला ती व्यक्तिले बालिकालाई घरमै लगेर बलात्कार गरेका थिए । बालिका चिच्याएको आवाज सुनेपछि आमा घरमा जाँदा बालिकालाई रगताम्य भेटेका थिए ।

इलाका प्रहरी कार्यालय छपियाको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरीमा ल्याइएका उनलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation