
कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई हामिहरुले बिर्सन नहुने बताउनु भएको छ । जेष्ठ नागरिकका अनुभव र युवाहरुको जोस जाँगरलाई प्रयोग गरेर देश विकास गर्न सकिने भएकाले हामिले जेष्ठ नागरिकलाई सम्मानजनक स्थान दिनुपर्ने बताउनुभएको हो ।
आज राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको दशौँ वार्षिक साधारण सभालई सम्बोधन गर्दै पुर्व प्रदेश स्वास्थ्य मन्त्री समेत रहनुभएका पन्थिले हामि जुनसुकै समाजमा रहेपनि जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताउनु भएको हो । पछिल्लो समय परिवार बाटै जेष्ठ नागरिक अपहेलित हुनुपरेको भन्दै त्यस्तो संस्कार नेपाली समाजले पचाउन नसक्ने बताउनु भएको हो ।
त्यस्तै राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका केन्द्रिय अध्यक्ष चन्द्रकान्त आचार्यले देश भरिका जेष्ठ नागरिकहरुको प्रतिनिधित्व गर्दै कपिलवस्तुमा साधारण सभा गर्न सक्नु ठुलो उपलब्धि भएको बताउनुभएको छ । अहिले आफुहरु जस्ता धेरै वृद्धवृद्धा घरवार विहीन भएको भन्दै त्यस तर्फ स्थानिय सरकार देखि केन्द्र सरकारले तत्काल चासो देखाउनुपर्ने बताउनुभएको थियोे । नेपाली समाजमा पहिला जस्तो जेष्ठ नागरिकले सम्मान पाउन छाडेको भन्दै उहाँले दुखेसो समेत पोख्नुभएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका वरिष्ठ उपाध्यक्ष गोबिन्द सिंह विष्टले अभिभावक ठानेर बाणगंगा र बुद्धभुमिका मेयरलाई निमन्त्रण गरेपनि उहाँहरुको अनुपस्थितिले आफुहरु अभिभावक विहिन जस्तै भएको गुनासो गर्नुभएको थियो ।
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका केन्द्रिय अध्यक्ष चन्द्रकान्त आचार्यको अध्यक्षता, लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता, सिद्धार्थ क्याम्पसका प्राचार्य वेदुराम अर्याल लगायतको आतिथ्यता रहेको कार्यक्रममा सात वटै प्रदेशका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रम सिद्धार्थ क्याम्पस बुङ्चिको सभाहलमा सम्पन्न भएको हो ।
जिल्ला र छिमेकि जिल्लका जेष्ठ नागरिक, विभिन्न संघ सस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत विभिन्न व्यक्तिहरुको उपस्थित रहेको कार्यक्रमको सञ्चालन भने समाजका सचीव थानेश्वर खनालले गर्नुभएको थियो ।