बुद्धभुमि १को तार्केस्वर धाममा करिब १५ सय फलफुलका बिरुवा रोपियो

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर १ पथरकोट स्थित तार्केस्वर धाममा गुडुरुङ नियन्त्रण उपभोक्ता समिति वृक्षरोपण गरेको छ । गुडुरुङ नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष सीता बेल्वासेको अध्यक्षता, बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केसब कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा आप, लिचि, कागति, लगायत विभिन्न जातका करिब १५ सय फलफुलका विरुवा रोपिएको हो ।

भु तथा जलाधार कार्यलय अर्घाखाँचीको प्राविधिक आर्थिक सहयोगमा विरुवा उपलब्ध भएको समितिकी अध्यक्ष सीता बेल्वासेले जानकारी दिनुभएको छ । भु जलाधार कार्यलयले जनताको माग अनुसार गुल्मी, अर्घाखाँची, कपिलवस्तुमा वृक्षरोपण गरिएको भु जलाधार व्यबस्थापन कार्यालय अर्घाखाँचीका प्रमुख सम्भु सङकर झाले बताउनु भएको छ ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation