प्रयास सहकारीको निशुल्क स्वास्थ शिविर सम्पन्न

सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था लि बुटवल १२ तामनगरको आयोजनामा निशुल्क बृहत स्वास्थ शिविर सम्पन्न भएको छ।
संस्थाको १५ औं स्थापना दिवसको अवसरमा पुर्व सैनिक कल्याणकारी क्लबको सभा हल तामनगरमा आयोजित कार्यक्रममा स्थानीय २२५ जना व्यक्तिहरुले निशुल्क स्वास्थ चेकजाँच गराइ लाभान्वित भएको जानकारी प्राबिधिक सहयोग उपलब्ध गराउने एडमन्ड सिटि हस्पिटल प्रा लि बुटवल १३ जितगढिले दिएको छ। जनरल फिजिसियन, महिला तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, जनरल सर्जन, भिडियो एक्स रे, डेन्टल र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरहरुको सेवा सहित प्रयोगसाला सेवा र औसधि समेत निशुल्क रूपमा उपलब्ध गराइएको जानकारी कार्यक्रम संयोजक तथा संस्थाका सचिव प्रकाशमणि खनालले दिए। संस्थाका अध्यक्ष भिम बहादुर थापाले सामाजिक उत्तरदायित्व अन्तर्गत यी र यस्तै विभिन्न कार्यक्रम गर्दै आएको भन्दै संस्था स्थापनाको अवसर पारेर तामनगर बासी दाजुभाइ दिदीबहिनीहरुको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथी बुटवल १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्यले प्रयास सहकारीले समाजका प्रती खेल्दै आएको भूमिकाको तारिफ गर्दै प्रयास सहकारी जस्तै कृयाशिल संघ संस्थाहरु सङ्ग सहकार्य गर्न स्थानीय सरकार तत्पर रहेको कुरा उल्लेख गरे। उपाध्यक्ष इस्वरी प्रसाद रेग्मीले स्वागत गरेको कार्यक्रम भिम बहादुर थापाको अध्यक्षता तथा प्रकाशमणी खनालको संचालनमा सम्पन्न गरिएको सहकारी संचालक झबिन्द्र आचार्यले दिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation