दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ स्थित पानीखोलाको सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

८ वर्षीया बिपना खप्तडी मगर र ५ वर्षीया सपना खप्तडी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरू दुवै जनाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको नगरप्रमुख गणेश कुमार शाहीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation