
दाङ । करेन्ट लागेर लमहीमा एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।












