विपि स्मृति दिवसको अवसरमा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । विपि स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघले बाणगंगाका दुई वटा क्याम्पसहरुमा नेपालको राष्ट्रिय झण्डा राखेका छन् । नेविसंघ क्याम्पस इकाइ समितिको आयोजनामा सिद्धार्थ क्याम्पस बुङ्चि र बाणगंगा बहुमुखि क्यम्पस लौगाइमा झण्डा स्थापना गरेका हुन ।

क्याम्पसमा राखिएका झण्डा पुराना भएकोले क्याम्पसको आकर्षणको लागि नयाँ झण्डा फेरेको सिद्धार्थ क्याम्पसका स्ववियु सभापति निल कमल थारुले बताउनु भएको छ । ४१ औँ विपि स्मृति दिवसको अवसर पारेर यहाँका दुईवटा क्यम्पसमा राष्ट्रिय झण्डा अनावरण गरिएको उहाँले बताएका छन् ।

कार्यक्रममा नेविसंघ संयोजक विशाल अधिकारी, कांग्रेस बाणगंगा नगर सचिव सूर्य बराल, शिद्धार्थ क्यम्पस स्ववियु सभापति निलकमल थारु, कोषाध्यक्ष मनोज न्यौपाने, नेविसंघ बाणगंगा नगर सचिव सोना पाण्डे, आकृती भण्डारी, मिना ढुङ्गाना लगाएतको उपस्थिति रहेको थियो ।

May be an image of 10 people and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation