करेन्ट लागेर पाल्पामा एकको मृत्यु

पाल्पा  । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बम्रेलको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसन्धान अधिकृतसहितको टोलीले घटनाको अनुसन्धान गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation