जन्मदिनमा गुरुकुलमा अध्ययनरत वटुकहरुलाई शैक्षिक सामग्री प्रदान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक परिवारले आफ्ना सन्तानको जन्मदिनमा गुरुकुलमा अध्ययनरत वटुकहरुलाई शैक्षिक सामग्री प्रदान गरी जन्मदिन मनाएका छन् ।

लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनीका अध्यक्ष रीता खनाल र बाणगंगा ७ बनगाई स्थित प्रकृति फार्मेसीका सञ्चालक डा.गोपाल प्रसाद खनालका सुपुत्र शुभम खनालको असार १३ गते शनिबारको परेको जन्मदिनको अवसरमा खनाल परिवारले कपिलमुनि बैद्धिक संस्कृत विद्यापिठ (गुरुकुल) कपिल आरोग्य मन्दिर कपिलधाममा एक कार्यक्रमकाबीच २५ जना वटुकहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।

शुभमको १२औँ जन्मदिनको अवसरमा गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री,फलफूल र मिठाइ वितरण गरि जन्मदिन मनाइएको परिवारजनले बताउनुभएको छ ।

कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनीका अध्यक्ष रीता खनालको अध्यक्षता, कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यको प्रमुख आथित्यता, लायन्स क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा रेडियो हर्ट विट का सञ्चालक समिति अध्यक्ष धातानन्द भुसाल र सविता साप्कोताक‍ो विशिष्ट आथित्यता रहेको थियो ।

यस्तै कार्यक्रममा भगवती भुसालको स्वागत मन्तब्यसहित धामका अध्यक्ष आचार्यले रीता खनाल र गोपाल प्रसाद खनालका छोरा शुभम खनाललाई जन्मदिनको शुभकामना दिदै यस्तो सामाजिक कार्य गरि जन्मदिन मनाउनु भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको छ भने अध्यक्ष रीता खनाल र डा।गोपाल खनालले होटल, पार्टि प्यालेस् मा गई फिजुल खर्च गर्नुभन्दा सामाजिक कार्य गरि जन्मदिन मनाउनु एक सकारात्मक सन्देश सहितको जन्मदिन भएको बताउनुभयो ।

कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका सचिव सरस्वती सोमैको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No description available.

 

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation