अर्घाखाँचीका कृषकलाई जंगली जनावरका कारण बाली जोगाउन समस्या

सन्धिखर्क ।  अर्घाखाँचीका कृषकले जंगली जनावरका कारण बाली जोगाउन समस्या परेको बताएका छन्। कृषि ज्ञान केन्द्रको सहयोगका कारण उत्पादनमा केही वृद्धि भए तापनि जंगली जनावरबाट बाली जोगाउन समस्या परेको बताएका हुन्।

सहकारी तथा निजी रूपमा सञ्चालन गरेका कृषि तथा पशुपन्छी व्यवसायमा आबद्ध सम्पूर्ण व्यक्तिले उत्साहजनक रूपमा उत्पादन गरी बजारीकरण गरेको तर बाली जोगाउन भने मुस्किल रहेको बताए।

केन्द्रले गरेको सहयोगका कारण उत्पादन वृद्धि भएको, आफूहरूलाई राहत भएको र आम्दानीमा पनि वृद्धि भएको सन्धीखर्क-६ नरपानीका कृषक सूर्यबहादुर भट्टराइले बताए। तर, उनले आफूले उत्पादन गरेको टमाटर बजारमा पुर्‍याउन नसकेको बताएका छन्।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको सहकार्यमा कृषकले गरेका कामको अनुगमनका क्रममा कृषकले उक्त कुरा बताएका हुन्। -अन्नपुर्ण अनलाइन

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation