आफैँले बोकेको भरुवा बन्दुक पड्किएर अर्घाखाँचीमा एक जनाको मृत्यु

अर्घाखाँची। आफैँले बोकेको भरुवा बन्दुक पड्किएर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ मा एक जनाको मृत्यु भएको छ।

बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बोकेको बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए । आज बिहान सवा ११ बजेतिर आफैँले बोकेको बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation