डोल्पाकी १३ वर्षीया बालिका बलात्कार गर्ने रुकुमका युवक पक्राउ

डोल्पा ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation