कृषिमा गोरुको प्रयोग घट्यो, साढे १६ लाख किसानसँग ५८ हजार वटा ट्र्याक्टर

काठमाण्डाै । नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ ।

२०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले ट्र्याक्टरको प्रयोग गरेको देखिएको छ ।  २०६८ सालमा ३७ हजार कृषि ट्र्याक्टर रहेकोमा २०७८ सालमा बढेर ५८ हजार पुगेको गणनाले देखाएको छ ।

यस्तै, २०६८ सालमा जम्मा १० हजार पावर ट्रिलर रहेकोमा अहिले बढेर एक लाख १८ हजार वटा पुगेका छन् । देशभर कृषि कार्य गरेकामध्ये जम्मा सात प्रतिशत अर्थात् तीन लाख नौ हजार किसानले मात्रै सरकारी अनुदान पाएको बताएका छन्, यसमध्ये सबैभन्दा धेरै ४६ प्रतिशतले रासायनिक मलमा अनुदान पाएको बताएका गणना रिपोर्टमा उल्लेख छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation