
उपकार अनलाइन, सैनामैना ।
सैनामैना व्यापार संघको सातौं साधारण सभा तथा पाँचौ विशेष अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले सुरेन्द्र पौडेलको अध्यक्षतामा २० सदस्य कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम उपाध्यक्षमा दिपेन्द्र ढकाल, द्वितीय उपाध्यक्ष हरिलाल न्यौपाने, महासचिव भिम प्रसाद सुबेदी, कोषाध्यक्ष पुष्पा पौडेल, सह(कोषाध्यक्ष प्रेम थापा, उपमहासचिव गोविन्द पोखरेल, सचिव चाम बहादुर क्षेत्री र सहसचिव खिमलाल घिमिरे रहेका छन् ।
सदस्यहरुमा चन्द्र प्रकाश वन, जनक गौतम, रमेश बस्याल, माधव पौडेल, कमला अधिकारी, डण्डापानी ढकाल, गंगाराम अर्याल, माया पन्थी ज्ञवाली, विष्णु प्रसाद घिमिरे र ज्ञानेश्वर पौडेल रहेका छन् । अधिवेशनले शिव प्रसाद भुषाल संयोजकत्वमा रहेको तीन सदस्य लेखा समिति चयन गरेको छ ।
राज्यले व्यवसायी र उद्योगीलाई संरक्षण गर्न सक्ने खालको नीति बनाउन नसक्नाले नै पछिल्लो समयमा व्यवसायी र उद्योगीहरु पलायन हुँदै गएको लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले बताउनुभयो । स्थानीय व्यपारी र व्यवसायीको हक हितको लागि सैनामैना व्यापार संघले योजना बनाएर अगाडि बढ्न पर्ने समेत उहाँको भनाई थियो ।
नर्व निर्वाचन समितिलाई बधाई ज्ञापन गर्दै सैनामैना व्यापार संघका सल्लाहकार एवं सैनामैनाका पूर्व नगर प्रमुख चित्र बहादुर कार्कीले नेपालमा सहज र सुलभ ऋण पाउने ब्यवस्था नहुदा व्यवसायी तथा उधोगीहरु धरासायी हुँदै आएको बताउनुभयो । नव निर्वाचित समितिलाई सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, निर्वाचन कमिटि संयोजक खुशीराम चौधरी, चन्द्रकान्त भण्डारी, कृष्ण प्रसाद बस्याल, नेपाल चेम्बर अफ कमर्शका टंक प्रसाद पोख्रेल, नेपाली काङ्ग्रेसका रण बहादुर खनाल लगायतले शुभकामना तथा बधाई दिनु भएको थियो ।













