
कपिलवस्तु । कपिलवस्तु कृषि सहकारी संस्था लिमिटेड को तेस्रो बार्सिक साधारणसभा तथा बार्सिक उत्सब को अबसर मा बाल माद्यामिक बिद्यालय को कक्षा ८ मा अध्यनरत जेहेन्दार छात्र पुनम थारुलाइ कपि,कलम,पोशाक,झोला सहितको शैक्षिक सामाग्री सहित यो बर्स बिध्यालय मा तिर्न बाँकी शुल्क समेत सहकारी ले उपलब्ध गराइ तेस्रो बार्सिक उत्सब मनाएको छ।
धेरैले विभिन्न उत्सव सहित आआफ्ना जन्मोत्सव मनाउने बानी परिमार्जन गरि पछिल्लो समय सामाजिक क्रियाकलाप मा सहभागिता जनाएर संस्था को जन्मोत्सव मनाउने बानिको बिकास सुखद मान्दै कपिलवस्तु कृषि सहकारी लाई धन्यवाद दिनै पर्दछ।शैक्षिक सामाग्री ग्रहण गर्ने विद्यार्थी पुनम चौधरी आफ्ना आमा बाबू नभएकाले बाणगङ्गा २ राजपुर स्थित मामाघर मा बसेर अध्यापन गर्ने जेहन्दार छात्र रहेकी छन।
आजको कार्यक्रम संस्था का अध्यक्ष राम बहादुर पौडेल क्षेत्री (कमल) को अध्यक्षता,उपस्थित सहकारी सेयर सदस्य मध्यका जेष्ठ सदस्य दुर्गा देवि गाहा को प्रमुख आतिथ्यता,संस्थाका सल्लाहकार संयोजक धातानन्द भुसाल ,सदस्य हरु,पोस्ट राज गौतम,उषा नेपाल,तुलसा घिमिरे सहित पुर्व वडा अध्यक्ष बालकुमारी पन्थ अधिकारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मा संस्थाका सचिब नवदत्त घिमिरेले संस्था को प्रगती प्रतिवेदन पेस गर्नुभएको थियो।संस्थाका कोषाध्यक्ष नारायण प्रसाद पौडेलले आर्थिक प्रतिबेदन,लेखा सुपरिवेक्षण समिती संयोजक सुरेन्द्र घिमिरे वैदेशिक भ्रमणमा रहि उहाँको अनुपस्थिले सदस्य मोहन अर्याल ले लेखा समितिको प्रतिवेदन पेस गर्नुभएको थियो।
कार्यक्रम मा अध्यक्ष को भनाइ सहित आर्थिक बर्स २०८०/०८१ का लागि नीति तथा कार्यक्रम का प्रस्ताव संस्था का अध्यक्ष रामबहादुर पौडेल क्षेत्री(कमल)ले पेश गर्नुभएको थियो।उपस्थित सबैलाइ संस्थाका उपाध्यक्ष ओमप्रकाश घिमिरेले मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो।कार्यक्रम को उदघाटन संस्थाका ३९९ सदस्य लाई प्रदान गरिएको प्रगती प्रतिबेदन मा भएका प्रतिबेदन मध्ये को भाग्यमानी सदस्य धर्मराज अधिकारी लाई परेको ले भाग्यमानी सेयर सदस्य धर्मराज अधिकारी ले मन्च मा गै कार्यक्रम को ब्यानर पढेर कार्यक्रम को बिधिवत उद्घाटन गर्नुभएको थियो।
कार्यक्रम मा संस्था का सेयर सदस्य बाणगङ्गा १ का फर्सुराम पन्थको असामयिक निधन भएकोले उहाँको सम्झनामा १ मिनेट मौनधारण समेत गरिएको थियो।कार्यक्रम मा पेस गरिएका सबै प्रतिवेदनमा बृहत छलफल का साथमा गडगडावट ताली बाट अनुमोदन गरिएको थियो।संस्था ले यश आर्थिक बर्समा कुल नाफा ३१६६९१२.०२ पैसा रहेको र १८९८०२५.६३ खर्च भै कुल शुद्ध बचत नाफा १२,६८,८८६.३९ रुपैया आर्जन गर्न सफल भएको छ।कार्यक्रम मा उल्लेख्य महिला सहभागिता देखिएकोले मनोरञ्जनात्मक क्रियाकलाप का लागि नेपाली परम्परागत लोक संस्कृति लाई पश्चिमा संस्कृति ले लोप गराउदै गरेको कुरा राख्दै स्थानीय कलाकार बुद्दी सागर बेल्बासेले पुरानो बरिलै भाकामा आजभोलि का संस्कार लाई जोडि ब्याङ्गात्मक #पहिला पहिला तिज्का खाजा आलु बोडि तामाका,, बरिलैका भाका हुन्थे बुडि आमाका।
अहिले तिज्का खाजा मिठो बर्गर र पिजाले, आलु तामा मीठो मान्न छाडे गिँजाले भन्ने तिज गित प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए।उक्त कार्यक्रम मा अतिथिहरु क्रमश बालकुमारी पन्थ,हिमालय भुसाल,पोस्ट राज गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो।कार्यक्रम संयोजक सन्तोस गैरेको संयोजकत्वमा अनिल भट्टराई ,लक्ष्मी बेल्बासे लगायतको ब्यबस्थापकिय जिम्मेवारी मा अत्यन्तै मितब्ययी र ब्यबस्थित कार्यक्रम भएको थियो।कार्यक्रम को संचालन संस्था का सचीव नवदत्त घिमिरेले गर्नुभएको थियो।