
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले महिलाका दुःख, वेदनालाई पोख्ने चार्डका रुपमा रहेको तीजमा अहिले पश्चिमी संस्कृती मौलाउँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनु भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बाणगंगा नगरपालिका वडा नम्बर ८ को बाणगंगा पुलचोक टोल विकास संस्थाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्म संस्कृति र परम्परा भनेको हाम्रो पहिचान भएकोले यसलाई सबैले जोगाएर राख्नुपर्ने उहाँले बताउनु भएको छ ।
हाम्रो धर्म, संस्कृति र परम्परालाई आगामि पुस्ता माझ जस्ताको त्यस्तै सुम्पिनु पर्ने बताउनु भएको छ । परापुर्व कालदेखि चल्दै आएको धर्म र संस्कृतिको जर्गेना गरेर अघि बढ्नुपर्ने उनको भनाई रहेको थियो ।
त्यस्तै टोल विकास संस्थाका अध्यक्ष तथा रेडियो हर्ट विट का बरिष्ट उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले नारीहरुको पर्व तीजलाई नारीहरुको सभ्यता, आर्दशसंग मिल्ने गरि सभ्य तरिकाले मनाउन आग्रह गर्नुभएको थियो । तीजमा पहिले जस्तो मौलिकता नझल्कने भन्दै उनले चिन्ता समेत व्याक्त गर्नुभएको थियो ।
कार्यपालिका सदस्य सार्दा परियार, वडा भित्र रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारी, सामुदायिक बनका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारी लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थाका उपाध्यक्ष कर्ण बहादुर लामाको स्वागत तथा सचिव शान्त विक्रम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।












