बाणगंगामा गत वर्ष २ हजार ३ सय भन्दा धेरै व्याक्ति बसाई सरी आए

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी आउनेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी पहाडि जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, बाग्लुङ लगायत ठाउँ बाट बाणगंगा सहित सिङ्गो कपिलवस्तुमा बसाई सरी आउनेको सङ्ख्या उच्च रहेको छ ।

नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख दिपक पाण्डेले दिएको जानकारी गत आर्थिक वर्ष २०७९÷८० बाणगंगा नगरपालिकामा कुल २ हजार ३ सय ६१ जना बसाई सरी आएका छन । उक्त समयमा बाणगंगा बाट ५६५ जना बसाई सरी गएका छन । जस मध्ये सबैभन्दा धेरै वडा नम्बर ८ मा ५९३ जना बसाई सरी आएका छन भने ६० जना बसाई सरि गएका छन । त्यस्तै ११ वटा वडा मध्ये सबैभन्दा कम वडा नम्बर ६ मा जम्मा ४७ जना बसाई सरि आएका छन भने २९ जना बसाई सरि गएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै वडा नम्बर १ मा ३०० जना आएका छन भने ३२ जना बसाई सरी गएका छन । त्यस्तै वडा नम्बर २ मा २८७ जना आउँदा ७८ जना गएका छन । वडा नम्बर ३ मा १०५ जना आउँदा ४६ जना गएका छन । त्यस्तै वडा नम्बर ४ मा २४७ बसाई सरी गरेर आउँदा ४४ जना गएका छन । त्यस्तै वडा नम्बर ५ मा ८८ जना आउँदा ४३ जना गएका छन । त्यस्तै वडा नम्बर ७ मा २६५ जना बसाई सरी आउँदा २२ जना अन्यत्र सरेका छन । वडा नम्बर ९ मा १५५ जना आउँदा ३८ जना गएका छन । त्यस्तै वडा नम्बर १० मा ९६ जना बसाई सरि गरेर आउँदा ११७ जना अन्यत्रै गएका छन । र वडा नम्बर ११ मा १७८ जना आएका छन भने ५६ जना बसाई सरी गएका छन ।

यसरी ब्यापक रुपमाा बसाई सराई भैरहँदा सहरी क्षेत्रमा जनसङ्ख्या उच्च गतिमा बढिरहेको छ भने पहाडी जिल्लामा जनसङ्ख्या घट्दो रहेको छ । बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै हुनुहुन्छ उतै बसाई जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाई सरेर जाने गरेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation