
सैनामैना । दुधराक्ष युवा क्लबले विरुवा रोपौँ, विरुवा जाेगाउ भन्ने उदेश्यका सथा बोटबिरुवा संंरक्षण तथा हरियाली प्रवर्द्धन अभियान सुरु गरेको छ । दुधराक्ष युवा क्लबले आज एक कार्यक्रमका बिच सैनामैना-६ कलौनी लुम्बिनी रोडको दायाँबायाँ रोपिएका बोट बिरुवा संंरक्षण गर्न ३२ थान ट्रि गार्ड राखिएको छ ।
क्लब अध्यक्ष किरण पोख्रेलले हरेक वर्ष विभिन्न अवसर परेर बिरुवा रोपिन्छ तर रोपिएको बिरुवा संंरक्षण नहुदा धेरै बिरुवा हुर्कनै पाउँदैनन् । बाेटबिरुवा राेपेर मात्रै हुँदैन यसको संंरक्षणका गर्नुपर्छ भन्दै क्लबले विभिन्न सहयोगी दाताहरु मार्फत प्राप्त गरेको ट्रि गार्ड लुम्बिनी सडक परिसरमा राखिएको बताउनुभयो । सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले रोपिएका बिरुवाहरुको संंरक्षणप्रति हामी आफै उत्तरदायी छाैँ भन्ने भावनाको विकास हुन जरुरी बताउनुभयो ।
सर्वपक्षिय प्राणीहरुको हितमा र बातावरणमा पर्ने प्रभावलाई संन्तुलन कायम राख्न बृक्षारोपण गर्न आवश्यक छ तसर्थ राेपिएका विरुवालाई हुर्काउन मल जल गरेर जोगाउन सबै नागरिकको भुमिका उत्तिकै महत्त्वपूर्ण रहेकाेले क्लबले चलाएको अभीयानमा सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो । हरीयाली युक्त नगर निमार्णमा बिषेश योजना सहित नगरपालिका अगाडी बढेकाे नगर प्रमुख शर्माले बताउनुभयो । हरियाली प्रवर्द्धन गर्दै प्राकृति विनास हुन नदिन दुधराक्ष युवा क्लबले चलाएको अभियान उत्कृष्ट रहेको सैनामैना नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो “प्राकृति रहे मानव रहन्छ, प्राकृति विनास भए मानव जीवन नास हुन्छ” भन्ने कुराको ख्याल गरि बोटबिरुवालाई पनि उचित संंरक्षण गरि हेरचाह गर्न आवश्यक छ ।
दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोख्रेलकाे अध्यक्षता सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, सैनामैना वडा न ६ का वडाध्यक्ष गाेपाल पोख्रेलको आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो । कार्यक्रम संचालन क्लबका सचिब पदम पान्डेले गर्नुभएको थियोे ।