
सैनामैना । स्थित हाम्रो विद्यालयले शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। उक्त तीज गीत प्रतियोगितामा सिनियर र जुनियर गरि तहगत रुपमा प्रतियोगिता आयोजना गरिएको थियो ।
जुनियरतर्फ कक्षा ३ देखि कक्षा ५ सम्मका भाइ बहिनीहरु सहभागी प्रतियोगितामा कक्षा ४ स्टार बाट साकीरा खड्का,सयना घिमिरे, देवनजना पाण्डे,प्रमिसा थापा,बिन्जु राना,प्रकृति थापा,करिश्मा राना प्रथम,४ स्टारकै अंकिता गौतम,अरबिना जि.सि , सुजता पंगेनी,दिब्या कार्की,विद्या कार्की,आयुसा ज्ञवाली द्वितीय र गरिमा ज्ञवाली,रुपिका गौतम, पबित्रा बि.क,कृतिका खत्री,कृष्टि क्षेत्रि,सलिना सिंजाली,वंदना चालिसे,आसिका गौतम तृतीय भएका छ्न।
यसैगरी, सिनियरतर्फ कक्षा ६ देखि कक्षा १० सम्मका भाइबहिनी सहभागी प्रतियोगितामा कक्षा १० बाट सुप्रिया अर्याल, संस्कृति थापा,कृतिका घिमिरे,अंकिता अर्याल, सृष्टि क्षेत्रि,सरिता राउत,ओमश्रीका पोखरेल प्रथम ,कक्षा ९ बाट देवयानी गौतम,प्रगति गौतम ,बर्षा क्षेत्रि, कृष्टिना न्यौपाने, कृष्टिना ज्ञवाली, सामरीका काफ्ले ,ग्रीसमा केसी ,सुबिना अधिकारी द्वितीय र कक्षा ७ सन बाट करिश्मा खत्री,निम्सा चौधरी,सोनिया भुसाल,सविता भुसाल,दीक्षा केसी,प्रशंसा पौडेल,समीक्षा ढकाल दीपिका भट्टराई तृतीय हुन सफल भएको अतिरिक्त क्रियाकलाप प्रमुखले जानकारी दिनुभएको छ।
विद्यालयका अतिरीक्त प्रमुख लिलबहादुर थापाको अध्यक्षता,विद्यालयका सहप्राचार्य कमल चन्द्र पौडेल प्रमुख अतिथी,निणार्यकको भूमिकामा विद्यालयका शिक्षिकाहरु बिना घिमिरे , रिता क्षेत्री ,बिपना श्रेष्ठ रहेको कार्यक्रमको संचालन शान्ति न्यौपानेले गर्नुभएको थियो ।