झारबैरा टोल विकास संस्थाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

सैनामैना । झारबैरा टोल विकास संस्था सैनामैना(४ ले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा टोल विकास संस्थाले आज एक कार्यक्रमको आयोजना गरि तिज कार्यक्रम गरेको हो ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले नेपाली महिलाहरुको महान पर्व तिजमा रमाइलो संगै मौलिक कला सँस्कृतिको संरक्षणमा ध्यान दिदैँ सभ्य र भब्य रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरितालीका तीजको शुभकामना दिदै बर्षको एक पटक आउने तीजमा मात्र नभएर वर्षभरि नै टोल विकासले गर्ने कार्यक्रममा सक्रियताको साथ उपस्थित हुन आग्रह गर्नुभयो ।

सँस्कृतिको संरक्षण संबद्र्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिदै चाडपर्व र परम्परालाई जोगाइ राख्नुपर्ने सैनामैना(४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी बताउनुभयो । उहाँले तीज पर्बलाई महिला दिदिबहिनीहरुले मौलिक तथा सामाजिक जागरणका रुपमा मनाउनु पर्नेमा जोड दिदैँ पर्वलाई विकृतिरहित तरिकाले मनाउन सम्पुर्ण महिलाहरुमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम झारबैरा टोल विकास संस्थाका अध्यक्ष डोल बहादुर खत्रीको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, सैनामैना वडा न ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीको बिशिस्ट आतिथ्यता तथा वडा(४ वडा सदस्य तेजप्रसाद सुबेदि, टोल विकासका संस्थाका सदस्य लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका सचिव लक्ष्मण न्यौपानेको सन्चालनमा सम्पन्न भएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा महिलादिदी बहिनीहरुले तिज गित गएर एकआपसमा शुभकामना साटासाट गरि तिज विशेष कार्यक्रम सम्पन्न गरेका हुन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation