कपिलवस्तु उद्योग बाणिज्य संघले भोली देखि खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्दै

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले भोलि देखि खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्दै छ । खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको प्राविधिक सहयोगमा भोलि बिहान ११ बजे देखि कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा हुन लागेको संघले जनाएको छ ।

जिल्लामा रहेका होटल, मिष्ठान पसल, केक, पाउरोटी उद्योग, किराना तथा होलसेल, आइसक्रीम उधोग, मासु पसल, फ्रेश हाउस, चना चटपट, फुल्कि चाट सम्बन्धि उद्योगी ब्यबसायिहरुलाई दिन लागिएको यस तालिमले खाद्य सुरक्षाको क्षेत्रमा महत्वपुर्ण सहयोग गर्ने विश्वास लिइएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation