मुटु दिवसको अवसरमा लायन्स कपिलवस्तुको साइकल र्याली

कपिलवस्तु । आज विश्व मुटु दिवस देशभर विभिन्न कार्याक्रम गरेर मनाइएको छ । कपिलवस्तुमा भने लायन्स क्लव अफ कपिलवस्तुले साइकल र्याली गरेर विश्व मुटु दिवस बनाएको हो । साइकलले आफ्नो शरीर र मुटु दुबैलाई फाइदा गर्ने र साइकल आवश्यक रहेको बताउदै आफुहरुले साइकल ¥याली गरेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका अन्तर्गत पिपरा देखि चार नम्बर सम्म मेरो हृदय मेरो जिवन, नियमित मुटु परिक्षण गरौँ, नियमित व्ययम दिर्घ जिवन, विश्व मुटु दिवस सहितका प्ले कार्ड साइकलमा प्रर्दशन गरिएको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुको आयोजना तथा लियो क्लव अफ कपिलवस्तु, वाणगंगा राइटरस् क्लवको समन्वयमा कार्याक्रम आयोजित गरिएको थियो ।

लायन्सका हरेक कार्याक्रममा वाणगंगा राइटरस् क्लवको सहयोग रहने राइटरस्का अध्यक्ष विष्णु गैरेले बताएका छन् । मुटु दिवसको अबसरमा लायन्सले गरेको साइकल ¥याली समेत उत्कृष्ट र नौलो रहेको गैरेले बताएका छन् ।

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation