
नेपालगन्ज । सुधार गृहमा बालबन्दीबीच झडप हुँदा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट फरार एक बालबन्दी फेला परेका छन् ।असोज ४ गते राति १० बजे बाल सुधार गृहमा बालबन्दीबीच झडप हुदा फरार भएका चारमध्ये एक जना दैलेखबाट पक्राउ परेका हुन् ।
बाँके र दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई महाबु गाउँपालिकाबाट पक्राउ गरेको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार बाँके र दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई महाबु गाउँपालिकाबाट पक्राउ गरेको हो ।
बाल सुधार गृहबाट फरार अन्य तीन जना अझै फेला परेका छैनन् । उनीहरूको खोजीका लागि टोली परिचालन गरिएको डीएसपी डाँगीले सुनाए । यस वर्ष २५४ बालबन्दी रहेको सुधार गृहमा भएको झडपमा एक बालबन्दीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बाल सुधार गृहमा झडपको नेतृत्व गर्ने ६४ जनालाई प्रहरी कार्यालयका विभिन्न इकाईमा राखिएको छ ।