इन्द्र जात्रा रथ यात्रा सम्बन्धी म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । श्रीमिला सुवालले शब्द रचना गरेर बनाइएकाे क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सोभेनियर ग्यालरी क्याफे, लसता मार्ग, सोल्टिमोडमा शनिबार सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोका निर्देशन अनुप सिंह सुवालले नेपालभाषाको म्यूजिक भिडियो क्षेत्रमा खासै बजार नभए पनि मातृभाषा भावनाबाट अभिप्रेरित भएर नेपालभाषाको सांगितिक क्षेत्रमा पाइला राख्नु भएकी श्रीमिला सुवाललाई प्रगतिको कामना गर्दै आफूहरूले छोटो अवधिमा म्यूजिक भिडियो बनाउन सफल रहेको जनाउँदै कार्यक्रम उपस्थित सबैलाई स्वागत मन्तव्य राखे ।
विशेष अतिथि रत्न राज्यलक्ष्मी क्याम्पसका सहायक प्रमुख रबिन दास श्रेष्ठले नेपालभाषाकी शिक्षिका श्रीमिला सुवाल शिक्षिका मात्र नभई एक लेखक तथा नेपाल भाषा शिक्षक अनुप सिंह सुवाल निर्देशक रहेको थाहा पाउँदा खुशी लागेको जनाउँदै सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमका विशेष अतिथि जुजुकाजी रंजितले क्वनेया जात्रा मनाई रहँदा पृथ्वी नारायण शाहले ने.सं. ८८८ सालमा नियम विपरित युद्ध लडेर नेवाः समुदायको राज्य खोसिएको बेलादेखि इन्द्रजात्रामा परिणत भएको जनाए । श्रीमिला सुवालको सन्दर्भमा उहाँ एक लेखक मात्रै नभइ वि.सं. २०२३ सालमा एक बाल कलाकारकाे समेत हुन् ।
सुवालकी पुजनीय पिताजी कुञ्ज बहादुर रञ्जित नेपालको इतिहासमा अधिकार तथा समान शिक्षा दिने सवालमा एक सकृय अगुवा भएको जनाउँदै आफू जेल नेलको अवस्थामा समेत मातृभाषा शिक्षा विकास अतुलनीय योगदान दिएको चर्चा गरे । श्रीमिला सुवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगितकार अमर राज राजोपाध्याय, बरिष्ठ गायक जुजुकाजी रञ्जित, बरिष्ठ नृत्य निर्देशक मधु श्रेष्ठ, गीतको परिक्लपना बालकृष्ण बंशीकाे उपिस्थित रहेको थियो ।
नेवार समुदायले परापूर्वकाल देखि मनाउँदै आइरहेको येँया पुन्ही अर्थात क्वनेया जात्रा (इन्द्र जात्रा) विशेष महत्वलाई उजागर गर्न निमार्ण गरिएको म्यूजिक भिडियोकाे शब्द रचना श्रीमिला सुवालले गरेका हुन् भने चर्चित गायकरगायिका सतिश महर्जन, रत्न शोभा महर्जन स्वर दिएका छन् । साथै म्यूजिक भिडियोमा श्रीमिला सुवाल, सुजन सुवाल, शुसिला डंगोल सुवाल, सुखि सुवाल सैंजु, सरोज सैंजु, साक्षी सुवाल, सक्षम सुवाल, सेज लानि सैंजु, प्रकृति तुलाधर, अनमोल रत्न तुलाधर कलाकारका रूपमा रहेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation