गुल्मीमा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रवोधिकरण कार्यक्रम सम्पन्न

गुल्मी । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको आयोजनामा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ। रिडी माध्यमिक विद्यालय रुरुक्षेत्रमा सम्पन्न कार्यक्रममा गुल्मीको छत्रकोट , रुरु र कालिगण्डकी गाउँपालिकाका कक्षा ५ ,८ र १० मा अध्यापनरत शिक्षकहरुलाई परिमार्जित पाठ्यक्रम र पाठ्यपुस्तकको वारेमा जानाकारी गराइएको थियो ।

जसमा गणित विषयका ५६ जना, अङ्ग्रेजी विषयका ५१ जना, बिज्ञान विषयका ४५ जना , सामाजिक विषयका ४५ र नेपाली विषयका ४५ जना गरि कुल २४२ जना शिक्षकहरुको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजकर्ताको रुपमा गणित विषयको युवराज ज्ञवाली, बिज्ञानको विक्रम कार्की , अङ्ग्रेजीको यज्ञराज गौतम , सामाजिकको बाबुलाल मरासिनी र नेपाली विषयको राम प्रसाद पन्थी रहनुभएको थियो ।

रिडी माध्यमिक विद्यालयका प्रधानाध्यापक रोहित भण्डारी को अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी रहनु भएको थियोे । शाखा अधिकृत बहादुर के सी को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी मरासिनीले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो।

कार्यक्रमको सन्चालन शाखा अधिकृत राम प्रसाद पन्थीले गर्नुभएको थियोे । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले कक्षा ५, ८, र १० को परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधिकरण कार्यक्रममा १०७५ जना शिक्षकहरुलाई सहभागी गराउने लक्ष्यका साथ सुरु गरेको कार्यक्रम मा यश अघि गुल्मीको सिमलटारीमा २०० र मजुवामा २८० शिक्षकहरु सहभागी भै सकेको र तिहार पछि तम्घासमा गरिने शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका कार्यक्रम सयोजक शाखा अधिकृत अमर के सी ले बताउनु भएको छ। कार्यक्रम प्रभावकारी भएको सहभागीहरुको भनाइ रहेको छ ।

No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation