
कपिलवस्तु । ‘फेल भन्ने शब्दलाई असफलताको रुपमा नलिनुहोस् । काम गर्ने मान्छेले गल्ति गर्छ, ठुलो रुखमा चढ्न पनि कयौँ पटक प्रयाश गर्नुपर्छ’ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले भन्नुभयो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको जनता मा.वि. पिपरामा भएको ‘व्यक्ति व्यक्तित्व’ कर्यक्रममा विद्यार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो भन्नुभयो । आफु पाल्पामा जन्मेर विद्यालय उमेरमा बिहान र साँझ एक/एक भारि घाँस काटेर पढेको स्मरण गर्दै सफलता प्राप्तीको लागि सङ्घर्ष निक्कै आवश्यक रहेको बताउनुभयो । कामकै सिलसिलामा आफु नेपालका ७४ जिल्ला र विश्वका केहि राष्ट्रमा घुम्ने समेत मौका पाएको भन्दै सकारात्मक काम बाट हरेस खान नहुने उहाँले बताउनुभयो ।
आफु आईसकेपछि जिल्लामा हुन सक्ने घुस र भ्रष्टचार सम्बन्धी क्रियाकलापलाई निरुत्साहित गर्न आफुहरुले विभिन्न कठोर कदम चालिरहेको पनि उहाँले बताउनुभयो । जिल्लामा सेवा ग्राहीहरुलाई सहज र सुलभ सेवा उपलब्ध गराउन पनि आफुले विभिन्न नयाँ कार्यको थालनि गरिसकेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रजिअ अचार्या सङ्ग विद्यार्थीहरुले जिल्लको शैक्षिक क्षेत्रमा प्रजिअको भुमिका कस्तो हुन्छ ?, फेल भएमा राष्ट्र सेवक कर्मचारी बन्न सकिन्छ कि सकिदैन ?, रास्ट्र सेवक कर्मचारी बन्न के गर्नुपर्ला ?, सेवाको क्रममा हुनसक्ने भ्रष्टचार (घुस लिनेदिने कर्य) लाई कसरी निरुत्साहित गर्ने ?, विदेशमा रहेका नेपाली युवाहरुलाई स्वदेश फर्काउन के गर्नुपर्छ ? जस्ता जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, बाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पाण्डे लगायतले बोल्दै यस्ता अन्तरक्रिया सहितका कर्यक्रमले विद्यार्थीहरुलाई पढाइमा उत्प्रेरण समेत प्रदान हुनेभएकाले महत्वपुर्ण रहने बताउनुभयो ।
विद्यार्थीको चौतर्फी विकासको लागि किताबी ज्ञान मात्र अपुग हुने भएकाले ‘व्यक्ति व्यक्तित्व’ कर्यक्रम सञ्चालन गरेको विद्यालयका प्रधानध्याप रमेश पन्थिले बताउनुभयो । प्रत्येक महिनामा हुने यो कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले आफ्ना जीवनका भोगाई सुनाउने गर्छन । त्यस क्रममा विद्यार्थीहरुका जिज्ञासाहरुलाई प्रमुख वक्ताले सम्बोधन गर्ने गर्छन । विभिन्न व्यक्तिहरुको जीवनमा हुन सक्ने भागाई विद्यार्थीहरुको लागि उत्प्रेरण हुन सक्ने भएकाले यो कार्यक्रमलाई सञ्चालन गरिएको प्रधानाध्यापक पन्थिले बताउनुभयो ।
शिक्षक उज्ज्वल अधिकारीको सञ्चालनमा भएको कर्यक्रममा विद्यालय बाहिर भएका विभिन्न कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्न सफल भएका तिन जना विद्यार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।