
सैनामैना । रुपन्देहीको सैनामैना–३ मा युवाहरूको सक्रिय पहलमा ‘शान्ति दीप कप’ ७–ए–साइड वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। शान्ति दीप युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिता २०८३ साल वैशाख १९ गते शनिबारदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमले नगद रु ३०,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु २०,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई ट्रफी प्रदान गरिनेछ।
त्यसैगरी, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ३,००० सहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही नगद रु २,००० का दरले ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सैनामैना–३ स्थित परसबल खेलमैदान ९बास्केटबल कोर्टको साइडमा० सञ्चालन हुनेछ। सहभागिताका लागि प्रवेश शुल्क रु। २,००० तोकिएको छ।
प्रतियोगिताको ड्र वैशाख १७ गते बेलुका ६ बजे सार्वजनिक गरिनेछ। खेल नियमअनुसार प्रत्येक टिममा ७ जना खेलाडी, ३ जना वैकल्पिक खेलाडी र २ जना प्रशिक्षकरव्यवस्थापक गरी कुल १२ जनाको सहभागिता रहनेछ।
वडा स्तरीय प्रतियोगिता भएकाले सहभागी खेलाडीहरू सम्बन्धित वडाकै हुनुपर्नेछ। साथै, एक वडाबाट बढीमा दुई टिमले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्दै युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष श्री दर्लामीले जानकारी दिएका छन्। यस प्रतियोगिताले खेलप्रेमीहरूमा थप उत्साह जगाउने विश्वास आयोजकको रहेको छ।












