लोक संस्कृति प्रतिष्ठानले गर्यो लगनशील प्रतिभा र दाता सम्मान

कपिलवस्तु । नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान को आयोजनामा २०८० को दिपावलिको अवसरमा खेलिएको मौलिक धौसी भैलो को बिधिवत बिसर्जन गरिएको छ। संस्थाका अध्यक्ष बुद्दिसागर बेल्बासेको अध्यक्षतामा भएको आजको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कला संस्कृति प्रेमी बाणगङ्गा ४ निवासी समाजसेवी कृष्ण बहादुर कुंवर यो बर्सको सर्वश्रेष्ठ दान दाता को रुपले राखिएको थियो भने उहाँको कार्यब्यस्तता का कारण राजधानीमा रहनुभएकाले संस्कृति प्रेमि युवा नेता भौगोलिक क्षेत्रफल का हिसाब ले नेपाल कै सबैभन्दा ठुलो सितगङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष मान बहादुर सिंजापती हुनुहुन्थ्यो।

कार्यक्रम मा यश बर्सको धौसी भैलोमा पुरै समय हरेक घर आगनमा उत्कृष्ट कला प्रदर्सन गर्ने प्रतिभावान,लगनशील र अनुसासित विभिन्न बिधाका कलाकारहरुलाइ सम्मान समेत गरिएको थियो।सम्मान प्राप्त गर्ने कलाकारहरूमा बाल कलाकार क्रमशः शिद्दिका पौडेल ,राधालक्ष्मी शर्मा,तेजस्वी बेल्बासे लाई बाल प्रतिभा सम्मान,कलाकार मनिसा घिमिरे,जमुना घिमिरे परम्परागत मारुनि नाच सम्मान,रमा सुवेदी बेल्बासे अनवरत सोरठी,झ्याउरे,दोहोरी गायन सम्मान,संकर भट्टराई सोरठी,झ्याउरे,भजन,दोहोरी ,भैलो उत्कृट मादल( बाध्यबाधन )सम्मान , कलाप्रेमी पोम नारायण क्षेत्री अनुसासन र लगनशीलता सम्मान,कृष्ण प्रसाद भट्टराई उत्कृष्ट बांसुरी बाद्यबाधन सम्मान,शंकर पौडेल देउसी भैलो ब्यबस्थापन सम्मान बिधामा सम्मान गरि कला प्रोत्साहन गरिएको छ।त्यसै गरि यश बर्सको बिशिस्ट दाता सम्मान मा बाणगङ्गा ४ का समाजसेवी कृष्ण बहादुर कुंवर,उत्कृष्ट दाता मा बाणगङा ४ कै कृष्ण बहादुर सारु,कमल पराजुली ,सहयोगी दातामा बाणगङ्गा १ का राम प्रसाद घिमिरे , नारायण पौडेल ,सुमन क्षेत्री,दुर्गा बहादुर थापा,कुल बहादुर चुंदाली,जिवलाल गैरे,बिस्णु प्रसाद पाण्डे,शुभाकान्त पौडेल,झबिलाल रोकाहा,रमेश पौडेल,चुडामणी घिमिरे,टिकाराम भुसाल,माया पुन मगर, बाणगङा २ का बुद्दिकृष्ण पौडेल ,बिस्णु प्रसाद सापकोटा ,नारायण शर्मा न्यौपाने ,हिरा बहादुर रायमाझी ,बिस्णु रायमाझी र बाणगङ्गा ७ का दिपक पौडेल लगायत लाई टीका तथा सम्मान/कदर पत्रले सम्मान गरिएको छ।उक्त कार्यक्रममा संस्था,कलाकार र दाताहरु बिच पुनर्जागरण कार्यक्रम स्वरुप बनभोज समेत आयोजना गरि सम्पन्न गरिएको संस्थाका सचिब शंकर भट्टराई ले जनाउनुभएको छ।

संस्थाले विभिन्न उत्सव तथा स्टेज सो हरुमा भजन,झ्याउरे,सोरठी लगायत का झांकी समेत प्रस्तुत गरि मौलिकता संरक्षणमा सम्मान र प्रोत्साहन प्राप्त गरिरहेको संस्था का सहसचिव लक्षमण घिमिरेले जनाउनु भएको छ।संस्थाको आयोजनामा भएको देउसी भैलो बाट संकलित रकमले अत्यन्तै मितब्ययी ढङ्गले संस्था का क्रियाकलाप संचालन गरि बचत रकम बाट कुनै मानबिय सेवा वा सामाजिक कार्य गर्ने लक्ष्य राखिएको संस्था का कोषाध्यक्ष चन्द्रकान्त घिमिरेले बताउनु भएको छ।

पश्चिमा संस्कारले आधुनिकता को नाममा गला, कला ,शृजनशिलता मा धावा बोलिरहेका अवस्थामा लामो समयको कल्पनाले नेपाल मा रहेका हरेक कला,भाषा,साहित्य ,भेषभुषा का मौलिकता का बिबिधता लाई संरक्षण गरि सबैलाई शृजनशिल बनाइ हाम्रा पहिचालाइ जिवित राख्न विभिन्न कार्यक्रम गरि अगाडि बढने लक्ष्यमा रहेकाले सबैबाट सल्लाह सुझाब सहित सदस्य बनी संस्थालाइ सहयोग पुर्याउन संस्थाका अध्यक्ष बुद्दिसागर बेल्बासेले सबैलाइ आग्रह गर्नुभएको छ।

लामो समय देखि आफ्नो उदेस्यलाइ भरपुर सहयोग पुराइ लक्ष्यमा पुराउन सहयोग पुराउने संस्थाका सल्लाहकार संयोजक देबि बहादुर पोख्रेल ,दोलक बहादुर पछाइ,मानार्थ सदस्य खिमकला बेल्बासे,बेद बहादुर रास्कोटि कलाकार पुर्णचन्द्र परियार,थानेश्वर अधिकारी,कुल बहादुर रेश्मी,राज घिमिरे ,जितेन्द्र घिमिरे ,चन्द्रकान्त न्यौपाने,बिना सारु,नरमाया पचभैया,रितु पचभैया,बेलुका बुढाथोकी ,स्वस्तिका बेल्बासे,झबिलाल भट्टराई ,चोपलाल बेल्बासे,यमुना पौडेल ,शृजना पौडेल,लक्ष्मण घिमिरे संकर पौडेल ,शंकर भट्टराई ,लक्ष्मी न्यौपाने ,नवराज रेस्मी लगायत सबै बाल कलाकार एबम निरन्तर आर्थिक सहयोग पुराउनुहुने सबै दान दातालाइ अध्यक्ष बेल्बासेले हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ।आजको कार्यक्रम संस्थाका आजिवन सदस्य शंकर पौडेलले संचालन गर्नुभएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation