बाणगङ्गामा एग्रोभेट ब्यबसायी संघ गठन,अध्यक्षमा पाण्डे

शागर बेल्बासे, कपिलवस्तु ।
पछिल्लो समय हरेक क्षेत्रका आआफ्ना पेशा ब्यबसाय धेरै कारणले असुरक्षित भैरहेका छन। निजि क्षेत्रका लगानिकर्ताको लगानिबाट राज्य संचालनमा पुगेको सहयोगको कुरालाइ राज्य स्वमले बेवास्ता गर्दा हरेक क्षेत्र का लगानिकर्ता आफै संगठित भै अव्यवस्थित पेशा ब्यबसायलाई ब्यबस्थापन गर्न व्यावसायिक संगठन निर्माण गर्न बाध्य भैरहेका छन।त्यसै क्रममा  कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा नगर स्तरीय एग्रोभेट ब्यबसाइको संगठन निर्माण भएको छ।

बाणगङ्गा को चार नम्बर स्थित नवीन एग्रोभेट का संचालक सफल युवा ब्यबसायी पोम नारायण पाण्डे को अध्यक्षतामा समिति गठन भएको छ।जसको उपाध्यक्ष शिव शंकर गुप्ता ,महिला उपाध्यक्ष मा सीता पौडेल ,सचिब वसन्त प्रसाद सुवेदी ,सह सचिब बिष्णु प्रसाद घिमिरे ,कोषाध्यक्ष नन्दराम अर्याल र सदस्यहरुमा क्रमशः पुजा खड्का,बिनोद खनाल,कृष्ण प्रसाद शर्मा सहित नौ सदस्यीय कार्यसमिति र युवराज घिमिरे को संयोजकत्वमा संजय चौधरी ,प्रकाश आचार्य ,सन्जु चौधरी ,आशिष् चुंदाली पौडेल समेतको अनुगमन समिति समेत आजको भेलाले निर्वाचित गरेको छ।नगर भित्रमा रहेका आम एग्रोभेट ब्यबसाइ का साथ हरेक पेशा ब्यबसाइ भित्र भएका पिर मर्का लाई लिएर नियमन निकायमा पैरवी गरि राज्यलाई ब्यबसाइका हकहितमा कर्तव्यबोध गराउने कुरामा लाग्दै आम ब्यबसाइ का समस्या समाधान मा लाग्ने विभिन्न योजना सहित अगाडि बढने नवनिर्वाचित अध्यक्ष पोम नारायण पाण्डे ले जानकारी गराउनुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation